राधा पाण्ड्येका केही मुक्तकहरूः

Radha, Pandey, राधा पाण्डे, pallawa,पल्लव

राधा पाण्डे

चाकरी, चाप्लुसी रुचाइन र, तिमीसंग अपरिचित हुदै गएँ
देखें रङ्ममञ्च अनौठो अनौठो र, झनझन् चकित हुदै गएँ
म मान्छे हुँ त कसरी हुन सक्छु ! डमी, कठपुतली अनि बस्तु
मान्छे हुनका सिद्धान्तले, बुख्याँचाका सभामा बन्चित हुदै गएँ

न छ कुनै गुनासो तिमीमा, न खोजियो क्यै हर्जना तिमीमा
छ सुभ – सुभ प्रार्थना सधैं, नहोस् कुनै यार्तना तिमीमा
पर्दा थियो, ओझेल थियो, निष्पट्ट अधेंरो चारैतिर थियो
फगत् उजेलो दिप हौ दिप, म के गरुँ याचना तिमीमा ।

 

जसरी सधैँ यहाँ धर्तीलाई, आकासको भरोसा छ
उसैगरि मलाई सधैं त्यो, बतासको भरोसा छ
अरे यार ! नानाथरी नसोध भो, सिर्फ म बाँचेको छु
ऊ त्यही क्षितिजमा देखिने, प्रकाशको भरोसा छ ।

अनेकौं परिस्थिति कर्तव्यले गर्दै अङ्गीकार
धुन बदल्दै निस्कन्थे हृदयबाट ती झङ्कार
आखिर मुटु र मस्तिष्कको दुरी टाढा पो रहेछ
पटक पटक याद आइरहन्छ त्यै गिताको सार ।

जानेर पनि कसी लाउँछन् सुन, छुट्टाउन नम्बरी
हरेक मोड – मोडमा किन परिक्षामा पर्छे बुहारी
पुरुष मानसिकता पवित्र स्वतन्त्र हुनाले हो सधै
कोपिला फूल र पालुवालाई दिन्छ उमेदबारी ।

भोग्नुभोगियो यो जीवनमा अब के पो हुन बाँकी छ र !
हुनुहार जे-जे हुनु थियो भयो अब काँ रुन बाँकी छ र !
उडियो हिँडियो र घिस्रियो यै जीवनका उकाली अोराली
जीवनका तीन घुम्ती छामियो अब के छुन बाँकी छ र !

के हुँदैन र ! संकल्प गर्नसके, साकार हुन्छन् सपनाहरू
मनमा सल्बलाउनु पर्छ विषय, आकार हुन्छन् सपनाहरू
नसोचेकै देखिन्छ गजबको सपना, निद्रामा कहिलेकाहीँ
तर! अनिंदो आँखाले देखेका, प्रभावकार हुन्छन् सपनाहरू ।

समय यहाँ काँ फेरिन्छ र! जीवन ज्यूँने कला फेर्ने न हो
जुन ताल दिन्छ मादलले, त्यही गीतमा गला फेर्ने न हो
बद्लिने भन्दैमा प्वाँख घुसारेर, काग मयूर हुँदै हुँदैन
केबल मनरुपी घरका वैचारिक खाँबा -बला फेर्ने न हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.