गजल

Sawrose, Timsina, Amurta, सरोज तिम्सिना "अमुर्त", pallawa, पल्लव

सरोज तिम्सिना “अमुर्त”

आँसुलाई पसिनामा परिवर्तन गरेर।
आएको हुँ म दु:खको समापन गरेर।

धर्म गर्ने भए ती भोका पेट भर्नुहोस्
हो हुदैन धर्म मन्दिरमा भजन गरेर।

शत्रु कमजोरी खोजी रहेका हुन्छन्
चाल्नु पर्छ है हर कदम मनन गरेर।

 

त्यस को नाममा आँसु नबगाउनुस्
जो दुर भैदिन्छ मनमा आसन गरेर।

बिद्यालयलाई राजनीती थलो बनाई
हिनेकाछन् विद्यार्थी आन्दोलन गरेर।

नाम:सरोज तिम्सिना “अमुर्त”
ठेगाना: रोङ २ ईलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.