कत्ति साचौं शून्यलाग्दो जिन्दगानी ए हजुर ।
ख्याल ख्यालैमा गयो मेरो जवानी ए हजुर ।
चाहनाका राग भित्रै जल्नु कैले सम्म हो ,
भैदियो यो प्रेममा आफ्नै कहानी ए हजुर।
भोक तिर्खा नीद जादाँ लाग्छ गाढा प्रेम भो
त्यो दिलैमा राज गर्दै बन्छु सानी ए हजुर ।
प्यारमा नै बल्छ आगो ताप्न मात्रै हुन्छ कि
लाग्छ कैले घस्नु पर्यो त्यो खरानी ए हजुर।
प्रेमको प्याला बनेरै डुब्न माया जालमा
ठोक्छु ल्याप्चे प्यारमा बस्दै जमानी ए हजुर ।।
बहरे रमल मुसम्मन् महजूफ
२१२२ + २१२२ + २१२२ + २१२
अम्बिका कार्की अमु
सर्लाही वाग्मती न.पा.
हाल चितवन भरतपुर
