आफ्नो तौल थाहा छ मलाई जोख्ने कष्ट नगर्नु होस
आफै उभिन सक्छु, मलाई बोक्ने कष्ट नगर्नु होस
बिक्री हुनु छैन मलाई प्रलोभनको शिकार भई
वस्तु सम्झी दर भाउ मूल्य तोक्ने कष्ट नगर्नु होस
सत्य जे हो भन्छु लेख्छु चाहे मिलोस सजाय नै
नबोल भनी मुखमा चुकुल ठोक्ने कष्ट नगर्नु होस
सुम्सुम्याउँदै मेरो शरीर ममताको चुम्मा भनी
चोट लगाउन झुक्याएर टोक्ने कष्ट नगर्नु होस
म बन्दिन कठपुतली हजुरको स्वार्थ पूरा गराउन
स्वचालित छन मेरा विवेक रोक्ने कष्ट नगर्नु होस
