गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

म रोएको बेला हसाँयौ तिमीले
थिए जाँदै टाढा बोलायौ तिमीले

माया गर्छु भनि खाई झुट्टो कसम
र मलाई बेहाल बनायौ तिमीले

तिम्रो नजरमा बनाएर पागल
र पागलखानामै पठायौ तिमीले

 

जति राम्रो गर्छु नराम्रो देखाउदै
दियौ दु:ख सार्है सतायौ तिमीले

बुझ्दै नबुझि मेरो चोखो माया
मलाई दिलबाट हटायौ तिमीले ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.