बाँझै छन खेत र बारि भत्किएर गए आलीहरू
अन्न छैन भकारिमा छटपटिदै छन थालीहरू।
बुढाबुढी मात्रै छन गाउँमा खन्ने जोत्ने कोही छैन
गाई गोठको कुना तिर खिई राहछन फालीहरू।
चौतारीमा छाहारी छैन भरियालाई सितल दिने
पिपलु र वर रुँदै छन चोईटियर डालीहरू ।
रमणीय बगैँचा पनि उजाड भाछ आजकल त
धन कमाउन प्रदेश तिर गए पछि मालीहरु ।
युवा विदेश धपाएर, रेमिट्यान्सले मोटाएर
मनपरिले रमाउदैछन फटाहा र जालीहरू ।
फर्क सबै प्रदेशी हो पसिना बगाउ आफ्नै देशमा
हलो जुवा कोदालीले नि दिई राहछन गालिहरू ।
राम शर्मा
प्रवास बाट
