गजल

shrestha, priya, patthar, श्रेष्ठ प्रिया ‘पत्थर’, pallawa, पल्लव

श्रेष्ठ प्रिया ‘पत्थर’

दु:ख-पीडा लेख्छौ कति, ओ गजलकार !
अभाव-कष्ट झेल्छौ कति, ओ गजलकार !

मदिराको मातसङ्गै, बहाएर अश्रुधारा
सुन्दर सङ्गीत रेट्छौ कति, ओ गजलकार !

आफैभित्र पीडा लुकाई, मीठो धुन सुनाएर
पराइ दु:ख मेट्छौ कति, ओ गजलकार !

 

पहाड मैदान सम्मै पारी, समान संसार बसाउने
दिवा- स्वप्न देख्छौ कति, ओ गजलकार !

जिन्दगीको धरातलमा, बारम्बार पछारिदै
धर्मर पाइला टेक्छौ कति, ओ गजलकार !

यस्तै नै छ संसार यहाँ, छोड सबै बिर्सिदेऊ
भावसित खेल्छौ कति, ओ गजलकार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.