बहरबद्ध गजल– १,
दिलै भित्र आधीँ चलेको छ या
जता हेर आत्मा जलेको छ या
सदा देशको नै रडाको सुनी
सिमा पार आगो बलेको छ या
कहा पुग्छु हामी भनेरै यहाँ
र आषा सबैको ढलेको छ या
चलेको छ हावा विकासै भनी
दिलैमा त पापै फलेको छ या
र जन्ता फकाई भरौशा दिई
गरे आज सन्धी छलेको छ या ।
छन्दः भुजङ्गी, बहरे मुतकारीव मुसम्मन् महफुज
रुक्नः फऊलुन्, फऊलुन्, फऊलुन्, मफा
ISS ISS ISS IS
बहरबद्ध गजल– २,
म जन्मे म हुर्के फुलेको छ माटो
र लाली छरेरै खुलेको छ बाटो
अपारै छ माया दिलैमा बसेको
मकै धान बाली झुलेको छ पाटो
अंगालो कसेरै खुशी साग बस्दै
पसीना बगाई मिलेको छ आटो
सधै साथ रंम्दै बशन्ती छटामा
विशौनी बनाई भुलेको छ साटो
सधै प्रेमको मन्द मुस्कान छर्ने
यहा काममा नै चुलेको छ घाटो
छन्दः भुजङ्गप्रयात छन्द, बहरे मुतकारिब मुसम्मन सालिम
यगण, (।ऽऽ) (फऊलुन् X ४) रुक्नमा आधारित
बहरबद्ध गजल– ३,
नसामा जवानी न फाल्नु त साथी
खजाना भरेको न ठाल्नु त साथी
खुसीको घडीमा घमाका छ भन्दै
सितारा तनैमा नहाल्नु त साथी
दया नै भरेको विरानो भए नी ?
अज्ञानी छ भन्दै नपाल्नु त साथी
अरु नै पुकारी खुले आम माग्ने
बने रै भिकारी न चाल्नु त साथी
हुनाले म आ को हुँ भन्दै छ लक्ष्मी
र आफ्नो कुरामैं न टाल्नु त साथी
छन्दः भुजङ्गप्रयात छन्द, बहरे मुतकारिब मुसम्मन सालिम
यगण, (।ऽऽ) (फऊलुन् X ४) रुक्नमा आधारित
बहरबद्ध गजल– ४,
सधै काममा नै रमाएर बाँच्यौं
लुकाएर पीडा मनै भित्र साँच्यौं
निसाना तिमीमा लगाएर हेर्दै
बसेको सिकारी नदेखेर नाँच्यौं
बहाना बनायो उसैमा रमायो
भयोे आज धोका कहाँ खै त ? जाँच्यौ
बलात्कार गर्ने घुमेको त जानी
उठाएर लठ्ठी कहाँ ढाँड भाँच्यौं
दिलैमा त पीडा भिजायौं परेली
कुरा मैँ रमाई सबै शतिm नाँस्यौ
न मानेर झर्को सधा काम गर्दै
परीवार पाल्दै सबै साथ हाँस्यौं
बुहारी र छोरी बनाएर नाता
पराई र आफ्नो यहाँ साथ गाँस्यौं
छन्दः भुजङ्गप्रयात छन्द, बहरे मुतकारिब मुसम्मन सालिम
यगण, (।ऽऽ) (फऊलुन् X ४) रुक्नमा आधारित
चाँदनी– ५, कञ्चनपुर,
हालः दिपायल
