तिमी हिड्ने बाटोमा फुल छरेपछि थाहा भयो
यादहरुले पोल्ने कुरा गरेपछी थाहा भयो
जुगौ जुगको प्रेम साची बसेको यो प्रदर्शनलाई
अर्कै आइ तिम्रो सिउदो भरेपछि थाहा भयो
मुटु भित्र राखी परेलिको आश गर्दा गर्दै
कर्के नजर लगाइ आँखा तरेपछी थाहा भयो
आखिर माया के हो भनी खोज्दा खेरी जिन्दगिमा
बर्जपातको प्रलय त्यो झरेपछी थाहा भयो
भालोवासा के नै रहेछ तिम्ले मैले रोपेको फुल
नफुलेरै वर्षा याममा मरेपछी थाहा भयो ।।
