पल्लवको स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न २०७५ भाद्र २ गते, शनिबार चितवन । पल्लव साहित्य प्रतिष्ठान चितवन र लायन्स क्लब अफ चितवन वाङ्मयको संयुक्त आयोजनामा स्रष्टा सम्मान, कृति विमोचन, रचना वाचन तथा पुरस्कार समर्पण समारोह भव्य रूपमा सम्पन्न भएको छ । पल्लव साहित्य प्रतिष्ठानका तर्फाबाट हुसैन खाँ तथा लायन्स क्लब अफ चितवन वाङ्मयका तर्फाबाट ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ द्वयको संयुक्त सभाध्यक्षता र वरिष्ठ साहित्यकार प्रोफेसर डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा चलेको उक्त कार्यक्रमलाई वाङ्मयकी सह(सचिव गीताकुमारी सेढाईं कँडेल र अध्यक्ष गोर्खे साइँलोले सञ्चालन गरेका थिए ।
यसरी चलेको कार्यक्रमका सम्मानित अतिथि स्रष्टाहरूमा डा. शङ्कर जी सिंह (लखनऊ, यु.पी. भारत) लाई लायन्स क्लब अफ चितवन वाङ्मयको ब्यानरबाट सम्मान गरिएको थियो भने पल्लवबाट सम्मानित एक दर्जन स्रष्टाहरूमा डा. विजय पण्डित
(मेरठ, भारत), ऋषिकेशव भारद्वाज (कपिलवस्तु), डा. धनेश्वर भट्टराई (चितवन), दिनेश सुवेदी ‘दिङ्लाली कान्छो’ (विराटनगर), महेन्द्र प्रकाश खाती क्षेत्री (असम, भारत, हालः चितवन), रामहरि शर्मा ‘शराह’ (हर्कपुर, नवलपुर), धनराज गिरी (बछयौली, चितवन), रामहरि श्रेष्ठ (चितवन), छविकिरण ओली (दाङ), सुमित्रा पौडेल ‘सुमी’ (विदुर, नुवाकोट), रमेन्द्र कोइराला (इनरुवा, सुनसरी), जीविका खतिवडा ‘अश्रु’ (सिच्चे, गान्तोक, सिक्किम, भारत) रहेका थिए । त्यसैगरी उक्त साहित्यिक कुम्भमा गठ्ठाघर, भक्तपुर निवासी कविर् इ. सन्तोष पोखरेलको र्ँइ. सन्तोष पोखरेलका कविताहरू’ कवितासङ्ग्रह, चितवनका कवि डी.डी. शर्माद्वारा लिखित ‘गङ्गोत्री’
समिश्रणसङ्ग्रह, चितवन निवासी कवि केशवराज आमोदीद्वारा लिखित ‘कल्पना आलोक’ कवितासङ्ग्रह र पल्लव साहित्यिक पत्रिकाको २३ औँ अङ्क (साहित्य विविध) को लोकार्पण भएको थियो । सो अवसरमा महेश कुँवर (काठमाडौँ), रामप्रसाद गैरे (काठमाडौँ), डमरुबल्लभ (इनरुवा, सुनसरी), शिवा कार्की (सुर्खेत, हालः काठमाडौँ), लीलानाथ सिलुवाल (इनरुवा, सुनसरी), लक्ष्मी ढुङ्गाना (धरान, सुनसरी), डा. गणेश पौडेल (मकवानपुर), दिलीप कार्की (कपिलवस्तु), लेखनाथ घिमिरे (कपिलवस्तु), दुर्गानाथ कँडेल (कपिलवस्तु), सिर्जना शर्मा (रुकुम), टोपबहादुर (दाङ), सुन्दर के.सी. (ललितपुर), नारायण
सिलवाल (ललितपुर), विनोद खत्री ‘आकाश’ (ललितपुर), माधव पोख्रेल ‘गोज्याङ्ग्रे’ (उदयपुर), चूडामणि नेपाल ‘अकिञ्चन’ (विराटनगर), कात्यायान (चाबाहिल, काठमाडौँ), मुनाल पोख्रेल (विराटनगर), अञ्जु सापकोटा, ‘अनु’ (बर्दिया), छिरिङ शेर्पा (काठमाडौँ), फुर्वा शेर्पा लामा (काठमाडौँ), मञ्जुश्री गिरी (विराटनगर), शुभलक्ष्मी लम्साल (विराटनगर), सृजना ढुङ्गाना (विराटनगर), चेतनादेवी कँडेल (कपिलवस्तु), बालकवि सविन रिमाल (नुवाकोट) लगायतका स्रष्टाहरूका साथमा चितवन, मकवानपुर, नवलपुरका मूर्धन्य व्यक्तित्वहरू र पल्लव साहित्य प्रतिष्ठान, चितवन र लायन्स क्लब अफ चितवन वाङ्मय परिवारसहित लगभग दुर्इसयभन्दा बढीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्य नेपाल सरकार, खानेपानी मन्त्रालयका सह(सचिव शङ्कर सुवेदीले स्वागत भाषण र सिर्जना शर्मा रुकुमले स्वागत कविताबाट उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । प्रमुख अतिथि प्रोफेसर डा. भीम खतिवडाले पानसमा दीप प्रज्वलन गरी सरस्वतीको तस्बिर तथा पुरस्कार नामकरण घोषणा गरिएका महानुभावहरूका तस्बिरमा माल्यार्पण गरेर उद्घाटन भएको सो कार्यक्रममा करिब ८० स्रष्टाहरूले कविता वाचन गरेका थिए भने धन्यवाद ज्ञापन गोर्खे साइँलोले गरेका थिए भने आफ्नो मन्तव्यसहित सभाका सभापति हुसैन खाँले कार्यक्रमको समापन
गरेका थिए ।
पल्लव साहित्य प्रतिष्ठानकाे याे महत्व पूर्ण कार्यक्रम प्रति हार्दिक सम्मानका साथ अाभार प्रकट गर्दछु !!