गजल- १,
सानो छँदा समाएर, डो-याएको हात देऊ।
हिजो बाचा गरे जस्तै, आऊ आज साथ देऊ।
अबोध त्यो चेतनाले, सुम्पेको थेँ तिमीलाई,
कस्तो भयो हुर्केपछि, पीरतीको जात देऊ।
धेरै थिए भन्ने कुरा, एकान्तमा बस्न पाए,
मिल्छ भने मेरो लागि, आज तिम्रो रात देऊ।
थाक्न सम्म थाकेकोछु,तिमीलाई खोज्दाखोज्दै,
एकैछिन सुस्ताउछु, न्यानो न्यानो गाथ देऊ।
तिम्रो न्यानो स्पर्शमा, गर्माउन पुगेछु भने,
खहरे झैँ उर्लिएर, यौवनको मात देऊ ।
२०७५/०४/१३
गजल- २,
सुखी छौ रे खुसी छौ रे,साथी बाट थाहा पाएँ।
भेट भयो उनी सँग, राती बाट थाहा पाएँ।
आँफूलाई स्मार्ट ठान्यौ, मलाई गवाँर सम्झ्यौ,
मैले पनि तिमी जस्तै ,घाती बाट थाहा पाएँ।
कुरा अल्ली नबुझ्दा चैँ,समाजको डर लाग्थ्यो,
बराबरी हुन्छ भन्ने, माथि बाट थाहा पाएँ।
हावा कत्ति नचलेर, पात त्यसै हल्लिदैन,
सत्य तथ्य विपक्षिको, ताँती बाट थाहा पाएँ।
रुप राम्रो देखिदैमा, मन सफा हुन्न भन्थे,
हो त रै छ आज तिम्रो, छाती बाट थाहा पाएँ।
गजल- ३,
ए ! हावा सुटुक्क आइज, देखे कर लाग्छ ।
ढक्ढक फूलेर आउँछ, छाती डर लाग्छ ।
कर लगाउन पोख्त, मेरो सर्कारलाई,
कर नलागेका हर चिज, जहर लाग्छ ।
यत्रो हल्ला छ सुन्दैन र, होकी कुन्नि फेरी,
आगोमा तताको दुधमा, किन तर लाग्छ ?
नभनौ थामी नसक्नु भै सक्यो,कसो गरुँ ?
भनौ त वैगुनी आफ्नै, स-गोत्री थर लाग्छ ।
हे ईस्वर तँ साक्षात्कार, नभएर हो की?
अचेल तेरो मात्रै, अलिकति भर लाग्छ।
२०७५/०४/१७
गजल- ४,
धोका दियौ कलिलोमा, पढ्न नदिएर।
उज्यालो त्यो बाटो तिर, बढ्न नदिएर।
दुघे दाँत झर्दै थिए, जबर्जस्ती लग्यौ,
धित मारी बा को बुई, चढ्न नदिएर।
दशौँ वर्ष कन्दमूल, खुवाएर राख्यौ,
भगवान किन साच्यौ, मर्न नदिएर?
गर्न सम्म दुख गरेँ, त्यो ज्यानको लागी,
बचाएर राखेँ काँडा, गड्न नदिएर।
स्वार्थी बन्यौ आफू मात्रै, दरबार छि-यौ,
पठायौ काँधमा फूली, जड्न नदिएर।
कसरी बाँचु अब, बैशाखीको भरमा,
किन घर बोकी ल्यायौ, सड्न नदिएर ?
२०७५/०४/१७
गजल- ५,
अकस्मात आँधी चल्यो,के हुन्छ खै आमा?
भर्दा भर्दै गाग्री ढल्यो, के हुन्छ खै आमा?
दर्की आयो मूसल्धारे, पानी शिर बाट,
पैतालाको धर्ती गल्यो, के हुन्छ खै आमा?
लालाबाला चार्ड आयो, नाना खै त भन्थे,
यो वर्ष नी खुसी टल्यो, के हुन्छ खै आमा?
विपना र सपना, एकै झैँ लागेकोछ,
प्रदेशीले फेरी छल्यो ,के हुन्छ खै आमा?
फिजाएर केशहरू, चुरा फुटाएर,
रुँदै थिएँ चिता जल्यो, के हुन्छ खै आमा?
गजल- ६,
जहाँ विस्वास गरियो, त्यहीँ धोका बोर भयो।
जसको थियो भरोसा दिलमा, उही चोर भयो।
म बोल्दा मेरा छेउका, चित्त दुखाउँदै छन,
स्वार्थै त हो चोर चोरको, एउटै स्वर भयो।
मैले कहिल्यै मेरो कद मागिन, देश मागेँ,
यही गल्ती गरेँ म माथि, अन्याय घोर भयो ।
निक्कै आजाद हुने ईच्छा ले, यूद्दमा होमिएँ,
जे पाएँ त्यही आज मलाई, बन्द खोर भयो ।
उज्यालो देख्ने आसमा, अन्धकार सही रहेँ,
तर जति पर्खे पनि, उही कालो भोर भयो ।
२०७५/०४/२२
Chiranjivi Dhakal
ने ग उ म न पा-२०
राँझा एयरपोर्ट बाँके
