खुला गगनमा उडने चरी बनाऊ
पहरामा फुल्ने सुनाखरी बनाऊ ।
सुखमा मुस्कान छर्दै हाँसी दिन्छु
दुखमा आँखाबाट खस्ने झरी बनाऊ ।
मनको श्रृङ्गार सु-बिचारले धुन्छ
कल्पनाले स्वर्ग की नै परी बनाऊ ।
समाजको विकृतिलार्इ खरानी सम्झी
सत्यताको पूजा गर्ने केशरी बनाऊ ।
नखोज्नु कुनै पनि चट्टानमा मलाई
कोमल मन भित्र बस्ने ‘हरि’ बनाऊ ।।
….भरतपुर ,चितवन ।
