गजल– १,
कूलको मर्यादा सदैव धानेकी छु
बंशजको परम्परा सधैँ मानेकी छु ।
सबै अग्रज मेरा मान्यजनहरूका
अर्तीज्ञान लिएर बढ्न जानेकी छु ।
चलेको छ यहाँ मिनीस्कट र जामा
मैले त हाम्रै चौवन्दी नै छानेकी छु ।
मेरो सोँच घर स्वर्गसरी बनाउँ
पूर्ख्यौलीका सुझाव ठिक ठानेकी छु ।
म चहान्छु कुनै नैनमा नविजाउँ
त्यसैले सुखलार्इ मार हानेकी छु ।।
गजल– २,
यो मनको पीडा बुझिदिने कोही छैन सारा
तिमी पनि टाढा भयौ आजबाट हैन प्यारा !
दुनियाँ नै भुलेको थेँ तिमी नै मनको राजा
जीवन कै दुख सुख ठानेको थेँ चैन सहारा ।
सर्वेसर्वा ठानेको छु माया तिम्रै मानेको छु
दिलअन्तै सर्यो भन्दा मेरोमुटु बेचैन पारा ।
भूल्नु थियो भने मलाई माया किन दियौ ?
मरुभूमि जीवनमा प्रेम जलको छैन धारा ।
औँशी झैँ जताततै लाग्यो मलाई हृदयमा
दिनको घाम न रातको जून किन भैन तारा ??
पार्वती खनाल
भरतपु, चितवन ।
