१
यो मन आज तेसै तेसै रमाएको बेला
लड्न खोज्दा दह्रो हाङा समाय को बेला
ताली पिट्नेहरु ले ढोलक बजाउ आज
सक्छौ भने मेरै तालमा तिमी पनि नाँच ।
हृदयमा शितल मल्हम लगायको बेला
सन्तुष्टि लेआत्मा टन्नै अघायको बेला
अट्टाहास गर्नेहरु आज धित खोलेर हाँस
उघारेर हेर नेत्र त्यो चाँदनि कहाँ छ ??
२
जता कोल्टे फेरु उतै कोल्टन्छ उ
मेरो सपना बिपना नै घोरिन्छ उ
घाउ लाग्दा मलाई चीत्कार गर्छ
मेरा हर खुसीमा उ आफै दङ्ग पर्छ
भन्छन् जन्मको नाता मात्र अजिज हुन्छ
फेरि भावनात्मकता ले किन दिल छुन्छ ??
जता पाइला मेरो उतै मोडिनछ उ
टुट्दा हृदय मेरो आफै तोडिनछ उ
मेरो आँसु सङै आँसु उस्को झर्छ
अटुट प्रेम बिश्वास उ मै माथी गर्छ
भन्छन् जन्म को नाता मात्र अफ्नो हुन्छ
फेरि भावनात्मकता ले किन दिल छुन्छ ??
हङकङ बजार, नारायणगढ, चितवन ।