अन्जु सापकोटा “अनु”का केही मुक्तकहरूः

Anju, Anu, अन्जु अनु, pallawa, पल्लव

अन्जु अनु

सपना मा पनि तिम्रै याद हरु बर्सिदैछ ।
खोइ किन हो यो छाती त्यसै त्यसै चर्किदैछ ।
तिमी बाट आशा छैन भरोशा को के कुरा,
तर पनि यो मन ले तिमी लाई पर्खिदैछ ।

सजाएथे यै मुटु मा निकालेर फालिदिए ।
स्वार्थी रैछ तिम्रो माया भंगालो मा हालिदिए ।
चाहेर एक हात ले ताली बज्दो रहेनछ,
त्यसै ले लाचार भए आत्म लाई गालिदिए ।

 

पाइला अघि बढ्न खोज्छ त्यहा कहानी हुन्छ ।
कहानी ले मुछिन्छ महिला को निसानी हुन्छ ।
आहारा खोज्छन त गिद्द ले चारै तिर बाट,
आकाश छानो अनि त जमिन सिरानी हुन्छ ।

सयको सामान बिक्नथाल्यो हजारमा पनि ।
सधै मजाक गर्छ हेर न सरकार पनि ।
कलम बोकेको कानुन बिक्छ भने पैसामा,
पैसासङ किन नबिकोस त त्यो बजार पनि ।

तिम्रो मिठो साथ पाउने रहर हुदा पनि ।
जिन्दगी को यात्रा धाउने रहर हुदा पनि ।
घाती भनी नभन्नु है दाग लाग्यो पियार मा,
तिम्रो धड्कन मा छाउने रहर हुदा पनि ।

नुवाकोट,
हालः मधुवन– ६, बर्दिया

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.