टीका सापकोटाका केही मुक्तकहरूः

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

माफियाको भर्‍याङ बनाई माथि चढ्नेलाई
कसले काँध थाप्न सक्छ भीरबाटै लड्नेलाई ।
हिजोसम्म बाघ झै गर्जन्थ्यौ ङ्वार ङ्वार
चिनिसके जनताले आज म्याउ गर्नेलाई ।।

सेती काली झै निरन्तर बहोस जिन्दगानी
कभी खुसी कभी गम त रहोस जिन्दगानी ।
भेटिनु अनि छुट्टिनु जिन्दगीको रीत रैछ
यादको मात्र अवशेष नहोस् जिन्दगानी ।।

 

देशको भविश्य निर्माता असल नागरिक बनाउन
हरपल खटिरहने शिक्षकलाई चार महिना सम्म
तलब नदिई श्रम गराउने कहिले सम्म हो?
हुनेले त एकै पटक पाउँदा राम्रै होला तर घर ??

जून जस्तै बन तिमी घाम जस्तै बन
आदर्शमा सीता अनि राम जस्तै बन।
ज्ञानले संसार जित्नु शुभकामना छ
बाबा आमाका लागि चार धाम जस्तै बन ।

खुट्टा तान्दै सकेसम्म बिगार्न खोज्नेहरु पनि छन्
शिखरबाटै झार्न अनि मार्न खोज्नेहरु पनि छन् ।
तर कत्ती पीर छैन यस्तै को मात्र दुनिया कहाँ हो र?
जिताउन अरुलाई अाफै हार्न खोज्नेहरु पनि छन् ।।

यात्री अलग भए नि बाटो अलग छैन,
हामी दुवैले टेकेको माटो अलग छैन ।
भोगाईका क्षण त सायद फरक होलान,
दुवैले भोग्ने दु:खको पाटो अलग छैन ।।

कावासोती, नवलपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.