‘नशा’

Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

साच्चै!
मलाई, थाहै भएन
कतिबेला चढ्यो यो रौनक…..
कुन कालमा बेचिएं खै! आफैसंग…

श्रावण महिनामा
झमझम परिरहेको झरी रोकिएर
भर्खर!
पूर्ण रवि झुल्केको बेला …….

यी,
मेरा दृष्टि … एकटकले
एकोहोरीएका छन् …
त्यो दनदनी जलिरहेको चिता माथी।

 

यता,
हरित कान्लाहरूमा
आफ्नै कला र सुन्दरताले … भरिपूर्ण
मुसुक्क मुस्काएको देख्दा… प्याउली
यो मन… खै!

किन!
अचम्म सँग मन बदलिँदो छ…
हरेक नकारात्मक सोंचले घेरीएको दिमाग्…. कुदृष्टि
आफ्नै वचन बिर्सेर….रमाईरहेको

अरे !
आफ्नोपन बेचेर कमाएको…..विलासता, क्रिडा…
के अर्थ …. अर्को रुवाएर आफू रमाएको
भोक, शोक, थोक र बिजोगसंगै……
थिलथिलीएको दिमागले ……चटक्कै बिर्साएको छ।
बदला र घमण्डको माद …

कृष्ण भुसाल “प्यासी”
मस्कट, 22 July, ०18

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.