सितादेवी पौडेल का जोर गजल

Spread the love
Sita. Devi. Paudel. सितादेवी पौडेल, pallawa, पल्लव

सितादेवी पौडेल

गजज– १,
हिजोआज भेट हुँदैन ! कता हुन्छौ तिमी ?
गोधुलीमा आवाज छैन ! कता सुन्छौ तिमी?

एकैछिन नभेटेनि मेसेज गरिहाल्थ्यौ ।
सम्पर्क नै विहिनछ के जाल बुन्छौ तिमी?

बोलाएर सेल्फिपार्कमा फोटो खिचौँ भन्थ्यौ,
यो अजम्बरी मेरो माया के ले धुन्छौ तिमी ?

 

तिमी र म एकै रथका दुइ पाङग्रा भन्थ्यौ,
मलार्इ नै रुवाएर के आकाश छुन्छौ तिमी ?

रामले ‘सीता’ बिर्सिए झैं किन हिँडेका छौ ?
तिम्रो नाँसो लिन आउन किन रुन्छौ तिमी ??

गजल– २,
जिन्दगी हो महिलाको सोकेसको चुरा जस्तै
दवावमा पर्दै भनाइएका दुखी कुरा जस्तै ।

महिलालार्इ दासत्वको भुमरिमा सधैँ भरी
घाँस, दाउरा, जुठो,चुल्हो खानुपर्ने पुरा जस्तै ।

आधुनिक, बस मोटर नदेखेका नारी छैनन्
जेट रकेट चढिकन हिँड्दा लाग्छ सुरा जस्तै ।

कोही नारी इन्जिनियर कोही बने डाक्टर
अझै पनि पुरुषहरू देख्छन् नारी भुरा जस्तै ।

राष्ट्रपती महिला नै छन्, सभामुख महिला
किन सोच्छौ ‘सीता’लार्इ अनाथ टुहुरा जस्तै ?

प्रगतिनगर, नवलपुर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *