उर्मिला पोखरेलका केही मुक्तकहरूः

Spread the love
Urmila, Pokharel, उर्मिला पोखरेल, pallawa,पल्लव

उर्मिला पोखरेल

तस्करी, भ्रस्टाचार, माफियाहरू सँग झुकेको छ सरकार !
जनताको खुसी र हितमा काम गर्न चुकेको छ सरकार !!
महङ्गि बेरोजगारी हटार्इ सुशासन कायम गर्छु भन्थ्यो,
आर्थिक विकास बिना कर बढ्दा मन दुखेको छ सरकार !!

धेरै पछि आज अति आत्मिय मित्र भेटिए!
तिर्सना र झल्को अलिबारका लागि मेटिए!!
कस्तो अचम्मको नाता हुन्छ मित्राताको;
साथीलाई भेटी पछी तनाबका गला रेटिए!!

 

दु:खमा पाइन्न साथ कसैको
भोकमा पाइन्न गाँस कसैको
जस्तो परेपनी सहने आफैले रैछ
त्यसैले कहिले गरिन्न आश कसैको ।

विनाशकारी भुकम्प र बाढीले ल्यायो कालो रात,
यी दुखी जनताहरूलाई खै नेताहरूको साथ ?
बजेट ल्याएर आ-आफ्नो पार्टी मै भागवन्डा हुँदा,
गरीव, निमुखा र पीडित सबैको भयो खाली हात ?

धेरै पछि आज अति आत्मिय मित्र भेटिए !
तिर्सना र झल्को अलिबारका लागि मेटिए !!
कस्तो अचम्मको नाता हुन्छ मित्राताको !
साथीलाई भेटेपछि तनावका गला रेटिए !!

अकबरेमा भन्दा मरिचमा नै धेरै राग देखें !
कालोमा भन्दा गोरोमा नै धेरै दाग देखें !!
देशको ढुकुटीमा अति नै रजाइँ गर्नेहरूमा,
राणा,शाह भन्दा गणतन्त्रे नै धेरै खराव देखें !!

जन्मनु र मर्नु संसारको हो है ~ रित !
सबै संग मिठो बोल्दै लगाउ है~प्रित !!
बाचुन्जेल संघर्ष गर्नै पर्ने जिन्दगीमा,
जीवनका भोगाइलाई नै बनाउ है~गीत !

नेपाल आमाका सपूत छोरा हुन पत्रकार रवि !
निस्वार्थ, सच्चा, इमानदर छ है उनको छवि !!
सबै जनले ज्ञान, शिक्षा लिए हुन्छ उनै सँग !
पीडितलाई न्याए दिलाउने बनिसक्यो हब्बी !!
(Hobby – हब्बी: शौख

उर्मिला पोखरेल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *