‘आकाश सोंच’

Spread the love
Santosh, Kumar, Pokharel,ई. सन्तोष पोखरेल, pallawa, पल्लव

ई. सन्तोष पोखरेल

आकाश सोंच
जमीनमा टेकेर
जमीन मात्र सोचे
पाताल पुग्नेछौ
अनि पहिचान छल्न
दस ठाउँ झुक्ने छौ
आफ्नै ईमान फुक्नेछौ
ईमान न बेच ।
यहाँका बेईमान नेता झैं
ईमानको खडेरी लाग्या बेला
जमानको व्यापार जाग्या बेला
फेरि पनि चुक्ने छौ
पाताल पुग्नेछौ।

 

मान न बेच
पैसाको लोभमा
डसना बनाई सुत्न त मिल्ला
तर रात त्रासमय हुनेछन्
आफन्त अविश्वासमय हुनेछन्
तृष्णाले तर्साउन थाल्नेछन्
डसनाले डस्ने छ
अनि डसना कुहिने छन्
डल्ला डल्ला तुहिने छन्
अनि तिमी पनि त्यस्तै तुहिने छौ
ईतिहासमा कलङ्कित
उपहासमा अङ्कित
ऐले धनको तृषित
पछिको विस्मृत!

थुप्रो धन न सोच
मान्छेका मनहरू खुट्टाले मिचेर
दूर्मन न सोच
तिमी मरे तिम्रो को छ?
त्यसैले गडबड न सोच
शान्तिले जाओस सास
यै मीठो आभास सोच!
स्याब्बास् सोच!
आकाश सोच !!!

ई. सन्तोष पोखरेल
गठ्ठाघर, ठिमी, भक्ततपुर ।
६, गते साउन २०७५ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *