लिला दाहाल का चार गजल

Spread the love
Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

गजल– १,
आस्थाका बिम्बहरू लगातार ढ्लेपछि
सपनाको महलहरू भत्किएर लडेपछि

खै के हेरेर बसेको छ यहाँ सरकार
दिन दिनै बिदेशमा जवान मरेपछि

के आश गरु खै शासक यहाँ त बाट
छाउगोठ्को नरकिए जीवन नरोकेपछि

 

पानी जहाज र रेलको सपनाले हुदैन
के गर्छ्स दिन दिनै भष्टाचार बढेपछी

देश बिकासको बाटो कहाँ खुल्छ यसरी
जवान बिदेश र नारी स्वदेश मै सकिए पछि

गर्न सक्छ्स भने भष्टाचार र कुरिती रोक्नुपर्छ
अनि हाँस्छिनआमा चेतनाले उज्यालो खोजेपछि

गजल– २,
तिम्रो नजर बेमानी तिम्रो शहर बेमानी
हिड्दा हिड्दै साथ छोड्ने सफर बेमानी ।।

लज्जालु नैन झुकार्इ हेरि यो मन चोर्ने
नसालु मदमोहस तिम्रो त्यो अधर बेमानी

अतितका बिम्ब सम्झनाका लहरहरू
चाहेर नि डिलेट नै नहुने असर बेमानी ।

मुर्खले आफू नै ठुलो भन्छ सर्वश्रेष्ठ बन्दै
हृदयलाई बुझ्न नसक्ने हिटलर बेमानी ।।

बुझ्नसके भगवान एउटै प्रेम नै ईश्वर
मन्दिरमा चुपचाप बस्ने पत्थर बेमानी ।।

गजल– ३,
घात प्रतिघातका विम्वहरु छछल्केर आउँछ मनमा
निको हुन लागेको घाउ बल्झिएर बिझाउछ मनमा

मान्छे भाव स्वभाव र स्ववास्तविकता को संयोग हो
त्यसैले बोक्रा मात्रै चिन्नेले हिर्काउछ मनमा

जानेर वा नजानेर अमृत भनी बीस पिलाउनेहरुले
मुटु छेडी मन नै डड्ने गरि जलाउँछ मनमा

सहयोगी हात बनी छुराका धार रोप्ने हरु माथी
धोकेवाजको माला पहिराएर विरहको गित गाउँछ मनमा

निरस यो सपना रित्यो जीवन छ तिमी ले छोडे देखि
लगातार यादहरुको झडप छ तिमीले छोडे देखि

उजाड मरुभूमि भा को छ यो संसार मेरा लागि
न कुनै रमझम न कुनै महक छ तिमिले छाडे देखि

तिमीलाई त बसाउने हजार मुटु भेटिएला तर
मेरो भने आफ्नै मुटु अलग छ तिमीले छोडे देखि

मायाले जीन्दगी स्वर्ग हुन्छ भन्थे कथामा प्रेमि हरु
खै कसरी बिश्वास गरु नरक छ तिमिले छाडे देखि

गजल– ४,
आत्मालाई छोडेर ढुङ्गालाई पुज्छ मान्छे
पुज्नेलाइ छोडेर मुर्तिको अगाडि झुक्छ मान्छे ।

बुझेर हो कि नबुझेर हो कुरा बुझ्नै गाह्रो
भित्र व्यथा लुकाएर बाहिर खुल्छ मान्छे ।

पाप भित्र धर्मको नाममा दाम कमाउनेहरू
फुलको थाली बोकेर देश बिदेश डुल्छ मान्छे ।

मानवीय परिभाषा खोज्न शव्दकोष पल्टाउने ले
रटेर घोकेर भए नि आदर्शको कुरा भुक्छ मान्छे ।

गफ गर्दा आकसकै तारा झार्छु भन्नेले पनि
अलिकति सहयोग माग्दा आफैँमा लुक्छ मान्छे ।

दिन रात आदर्श र नैतिकताको प्रवचन दिनेले
घरलक्ष्मीको तिरस्कार गर्दै बाहिर झुल्छ मान्छे ।।

लिला दाहाल
र न पा– २, टाँडी, चितवन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *