तपाईंलाई टाउको दुख्छ ?

‎Manan, Prasadn, Wagley‎n, wagle, मनप्रसाद वाग्ले, pallawa,पल्लव

मनप्रसाद वाग्ले

सम्बेगात्मकता गुमाउँछ कतै भोग्यो दुखी टाउको
आफ्नो कामविषे तनाव छ भने दुख्ने भयो टाउको
बढ्दै गो जव रक्तचाप अथवा चिन्ता निकै धेर भो
या डिप्रेसन, माइग्रेन छ भने दुख्ला निकै टाउको II१II

रक्सी सेवनका प्रभाव रहँदा वा थोर पानी पिए
दुख्दै जान्छ टनक्क धेर बिचमा ख्यालै नपुग्दा भरे
साना छन् तर नित्य कम्प्युटरमै खेल्दै बिताए भने
आँखाकै सँग टाउको पनि दुखे पढ्नु छ बाधा परे II२II

 

पानी धेर पिए तनाव नलिए हावा रहे स्वच्छ त्यो
कामै धेर हुँदा अडेर विचमा विश्राममा बस्छ जो
खाना खान बसे सधैं समयमै सुत्ने हिसावै मिले
के को दुख्दछ टाउको भन यहाँ मान्छे निरोगी भए II३II

सामान्यै यदि हो भने सहजले सोच्दा बडो श्रेय छ
भेटिन्छन् बुझ औषधी पसलमा रोक्ने दुखाई सव
यस्ता लक्षण देखि भिन्न सँगले दुख्दै गए अक्सर
ठूला रोग पसेर आक्रमण नै गर्ला कि भन्ने डर II४II

होलान् ट्यूमर भित्र त्यो मगजमा या रक्तश्रावै कुनै
या जम्मा हुन गो कुनै किसिमले त्यो रक्तको शेष नै
के त्यो कन्चट देखि भित्र गहिरो पीडा सधैं दिन्छ हो ?
भेट्नू डाक्टर नै विलम्ब नगरी सल्लाह मेरो भयो II५II

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.