हलो बिर्सियो उसले जुवा बिर्सियो
अनि शहर पसेपछि फरुवा बिर्सियो
हिजो त्यही अमृत पिएर बाँचेको हो
जरुवा बिर्सियो अब कुवा बिर्सियो
अचेल मधुशालमा रमाउँन थालेको छ
आमा चियामा तुलसी अदुवा बिर्सियो
गाउँघर मा सुन्यताले घेरेको धेरै भयो
गोरेटो र सडकले पनि बटुवा बिर्सियो
सन्तानकै उज्वल भविष्यका खातिर
बा बनेका हुन् मज्दुर बँधुवा बिर्सियो
