“आँगन परदेश”

Spread the love

 

Sita, Devi, Paudel, सितादेवी पौडेल, pallawa, पल्लरव

सितादेवी पौडेल

हाँसेर बाँच्ने रहर बोकी नखार्इ हरेस,
बाबा र आमा हुन् सधैँ भरि संसार नरेश।

कछाड दौरा त्यो कालो टोपी हुन्थेन धोएको,
झल्झली याद आउँछनि सदा गाई भैँसी फोएको ।

दिन र रात गाउँबेसी धाएँ सन्तानका खातिर,
यो बुढेसकाल कोहीछैन साथ एक्लो हो आखिर ।

 

आमा हुन् धर्ती यो सत्य कुरा बाबा हुन् आकाश,
बुढेस कालमा जीवन रुखो हुँदै छ सकस ।

त्यो भोको पेट बनेका नित्य सन्तानका पहरा,
अन्त्यमा सबै चारदिशा हिँडे परदेशका सहर ।

रोगले गाल्यो औषधी खाँदा भएन निमन,
पत्नीले पनि छाडेर गइन एक्लो भो जीवन ।

सन्तान भए लाखा र पाखा भएन साथमा,
हे! दैव तैले मलार्इ पारिस अँधेरी रातमा ।।

बंशधर पनि रहेछ झुठो खायो मन हरेस,
एक चम्चा पानी दिने को छर आँगन परदेश ।

बोनसमा तीन मुक्तकहरूः
न राम्रो गर्छ न सभ्य हुन्छ,
रिसले मान्छे अगम्य हुन्छ।
मधुर बोली मिठास भर्दा,
रसको सन्सार रम्य हुन्छ।

माधुर्यता लोक प्रिय हुन्छ,
रिसले संसार जित्ने कुन्छ?
हप्कि – दप्कि लछार पछार,
रिसले स्वयम् गिर्ने हुन्छ ।

नबुझि किन आवेगमा आउँछौ,
परिणाम भोगे पछि चाल पाउँछौ।
दुध र पानी छुट्याउन पर्छ
नत्र विनाकाम व्यर्थ धाउँछौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *