पुरन गिरि का तीन गजल

Prn, puran, Giri‎, पुरन गिरि, pallawa, पल्लव 

पुरन गिरि

गजल– १,
प्रेमको किला मुटुमा गढेपछी, थाहापाए
उन्मातले ढुक्ढुकी बढेपछि, थाहा पाए ।

हल्ला पहिल्यै फैलिएको रहेछ बजारमा
मृत्युकोपासो घाटिमा चढेपछि, थाहा पाए।

आज भोलि भन्दा भन्दै ढल्कि सकेछ उमेर
जिन्दगी आफ्नो ब्यर्थ सढेपछी, थाहा पाए।

 

समयको आगनिमा क्षणिक पाहुना रहेछु म
मेरै जिबनको अध्याय पढेपछि, थाहा पाए ।

सधै कुदिरहे जन्ती अनि मलामिको भिडमा
भाग्दा भाग्दै अनायासै लढेपछी, थाहा पाए ।।

गजल– २,
सधै प्यालामा मन पल्किदा, बिर्सन गाह्रोभो
बेहोसिमानि तस्बिर झल्किदा, बिर्सन गाह्रोभो ।

अनगिन्ती होलान् सम्झनामा आउने र जाने
सबैमा तिम्रो अधर टल्किदा, बिर्सन गाह्रोभो ।

पराइको घुम्टो ओढि रमितामै मख्ख तिमी
बिछोड्को आगो सल्किदा, बिर्सन गाह्रोभो ।

अर्कैको हुनुपर्ने थोरै रहर मिश्रित बिबश्ताले
गहभरी आसु मेरो छल्किदा,बिर्सन गाह्रो भो ।

नझर्दै रसिलो रङ्गमञ्चको कौतुहलता
समयले उमेर ढल्किदा, बिर्सन गाह्रोभो ।।

गजल– ३,
बाहिर बाट हेर्दा मनमोहक झकास थियो
रहस्यमय रक्त रङ्गको एउटा बाकस थियो।

कोहि अलमलिएका आलिकिती कानेकुसिमै
भित्र के थियो कुन्नी रमितेको रुवाबास थियो।

मेरोलागी दृश्यजति बेवास्तामा बिलिन थिए
किनकी मसङ्ग प्रिय मदिराको गिलास थियो।

अन्त कहाँ के हुन्छ सरोकार फजुल राख्नुकिन
आफ्नै दुनियाँमा मस्त प्याला अझ खास थियो।

नसाले छोडेपछि कौतुहल्ता भरिदा थाहा भो
खाडी बाट आको मेरै प्यारेको लास थियो।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.