लिला दाहाल अधिकारी का केही मुक्तकहरूः

Spread the love
Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

रित्तिएको तिम्रो मुटुमा माया भरिदिउँ त म
आँसु पुछी ओठमा मुस्कान छरिदिउँ त म
अनुमति दिन्छु भन जीवनभर खुशी दिन्छु
तिम्रा मनका सारा रहर पूरा गरिदिउँ त म?

तिमी बिना एक पल बिताउन मुस्किल छ
चाहेको त थिए टाढा तर हुन मुस्किल छ
किन भयौ तिमी यसरी नजिक मेरो
तिम्रो गल्तीमा अब रिसाउन मुस्किल छ ।

 

खै किन हुन्छन कोहि मान्छे खास यहाँ
हेर्दैमा आकर्षक बोली मा मिठास यहाँ
उसकै मात्र बिम्ब किन आउँछ यसरी
अब हुन्छ होला दुई ज्यान समास यहाँ ।

किन गर्छौ मायाका मात्र कुरा यहाँ
भन्छिन ल्याइदिनु हरियो चुरा यहाँ
तर खटिएको छु जनताको सेवा लागि
गर्नु छ मैले आमाको सपना पूरा यहाँ ।

हो कुनै सम्बन्ध यहाँ क्षणिक भए
आफ्नो स्वार्थ पूरा गर्न नजिक भए
चुसे एक फुलको बासना अनि अन्त सरे
माया र प्रेम यहाँ यस्ता आधुनिक भए ।

कस्तो कस्तो फोन मात्रै बोल्ने भो रहर
मिठा मिठा कुरा गरि पिलाइदिकी जहर
आजभोलि मोबाइल नि ब्यस्त हुँदा खेरि
श्रीमतीको भन्दा लाग्ने गलफेन्डको डर ।

मुटु बोली रहेछ मन बोली रहेछ
बर्षौ देखी प्रेम धड्कन बोली रहेछ
मुखले बोल्नै पर्दैन केही कुरा पनि
भन्ने कुरा सबै नयन बोली रहेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *