नारायण गोदारेका केही रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

जहाँ राम छैन।
त्यहाँ धाम छैन।

भनु कसोरी म।
लौ हराम छैन।

भक्ति संग भाव।
जोडि काम छैन।

 

वाद्य वादनमा।
हो आराम छैन।

कति हात जोडी।
भन राम छैन।

वल गर्न पाए।
वल राम छैन।

जहाँ राम छैन।
त्यहाँ धाम छैन।..
#
कालो मइलो मेघ गडगडाई।
वर्षा वर्सियो भेग झर्रझराई।

निर्विघन झरीको पय्रो प्रकोप।
आँधी हुरी चल्यो धेर हडवडाई।

सारा ढाक्यो ढकमक्क वरिपरी,
मैखाशूर गर्जन हेर फडफडाई।

लाहुरी भैंसी झैं हर्क्यो भडकी।
धर्ति जल थल फेर तर्रतराई।

आहा क्या वेशूमार गर्जना गर्जी।
भ्यगुता अति नै वेर टर्रटरायो।

कठै वरी लहरी लहरी बाढी हो।
उर्लिंदै सारातिर फेर धर्रधडायो।

कालो मइलो मेघ गडगडायो।
वर्षा वर्सियो भेग झर्रझरायो।..
#
कोही आयो शूनसान वगरमा स्मसान घाट नजिकै।
करुण थियो उसको हृदय हो स्मसान घाट नजिकै।

झ्याली झ्याम्टा शंख फुकिएको एकहोरो आवाजमा।
जम्मा भएका सव मलामी हो स्मसान घट नजिकै।

यि सवै लौन ओखर पाटीवाट आएर चिता जलाई रहे।
सतगत गरि रहेका आफन्त हो स्मसान घट नजिकै।

लौहै शव मुक दर्शक भएर हेर स्तव्ध चकमन्न।
मुखा मुख गर्दै कोही हेरे हो स्मसान घाट नजिकै।

शव दन्कि रहेको थियो चिता ज्वाला लप्को हाल्दै।
सवैको शिर निहुरी रहेको अहो स्मसान घाट नजिकै।

कोही आयो शूनसान वगरमा स्मसान घाट नजिकै।
करुण थियो उसको हृदय हो स्मसान घाट नजिकै।..
#
सहरमा हिजो गाको त्यहीं हराएँ म त।
उनलाई देखे पछि त्यहीं हराएँ म त।

व्याग कसेर उनलाई लिएर संगै आएछु।
लहडमा हिजो गाको त्यहीं हराएँ म त।

कोही अगाडी आई मलाई मुस्कुराई दिंदा।
थेगिन सकिन अब त्यहीं हराएँ म त।

कस्ति काली घटा रहिछन् थेगिन गाह्रो भयो।
राज साथी वोलाएको त्यहीं हराएँ म त।

भेट घाट गर्न गएको भेटीइन् कोही यहाँ।
अचानकै पहिले उन्को त्यहीं हराएँ म त।

सहरमा हिजो गाको त्यहीं हराएँ म त।
उनलाई देखेपछि त्यहीं हराएँ म त।..

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.