गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

नैतिकताको निर्मल-गङ्गा सुक्दै जान्छ कि जस्तो भो,
यौवनआयो खहरे बन्दै तान्दै लान्छ कि जस्तो भो ।

नील गगनमा रालो छायाँ पोतिएझैं चञ्चल मनमा-
ढाकिएको विषय-बादल फैली तान्छ कि जस्तो भो ।

आयो तृणावर्त बनेर…भीषण ह्रिंसक रूप लिएर-
मेरो राष्ट्रिय अस्मिता खोसी स्वात्तै खान्छ कि जस्तो भो ।

 

आयो भौतिकवाद यो अन्धो छायाँ बन्दै पछिपछि लागी-
आखिर यही उल्काले पो हेरी छान्छन् कि जस्तो भो ।

सत्-चिन्तनको शेष रहेन परसेवाको अर्थ बचेन-
मानव आफैं दानव बन्दै सिङले हान्छ कि जस्तो भो ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.