लक्ष्मी भट्टका तीन गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

बहरबद्ध गजल– १,
छ पानी परेको त आली लगाऊ
यही मासमा नै ल बाली लगाऊ

छ बाँझो बसेको र झाडी बनेका
ल जोतेर गोरु त फाली लगाऊ

ल फूटेछ मुलै बगाएछ बस्ती
ल जोगाउ धर्ती त जाली लगाऊ

 

सदा फूल्छ यो खेतबारी धरामा
बगैँचा गरामा त माली लगाऊ

मनै बग्छ सारा त पानी सरीको
यसैलाई थुन्ने त नाली लगाऊ
छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्रः फऊलुन् X ४ (।ऽऽ X ४)

बहरबद्ध गजल– २,
उठाऊ मलाई गलेको छु या
चिसो पार छाती बलेको छु या

दिलैको इरादा बुझाएर या
सबै साथ छोडी ढलेको छु या

तनैका दुखाई तिमीमा भनी
गयो साथ छोडी जलेको छु या

दिलाएर आशा निराशा गरी
अपाङ्गै सरीको चलेको छु या

कहाँ भेट हुन्थ्यो हमेशा यहाँ
बगैँचा बनेरै फलेको छु या
छन्दः भुजङ्गी,
बहरे मुतकारीव मुसम्मन् महफुज
रुक्नः फऊलुन्, फऊलुन्, फऊलुन्, मफा
ISS ISS ISS IS

बहरबद्ध गजल– ३,
कसैले पियारो बनायौ यहाँ
दिलैमा बसाई हटायौ यहाँ

सहारा म खोज्दै सधैँ साथ को
यि दोषी भनेरै बतायौ यहाँ

लगाए छु माया दिलै भित्र या
यहाँ चक्र फाली फसायौ यहाँ

पसीना त बेचे विदेशी बनी
दिलैमा पराई बसायौ यहाँ

नसम्झेर पाएँ न बिर्सेर या
झिकाएर ‘लक्ष्मी’सतायौ यहाँ

छन्दः भुजङ्गी,
बहरे मुतकारीव मुसम्मन् महफुज
रुक्नः फऊलुन्, फऊलुन्, फऊलुन्, मफा
ISS ISS ISS IS

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.