‘‘हे भानू’’ !!

Spread the love

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

बाजे कृष्ण थिए, त्यसै घर जहाँ पैदा भएका थिए

भानू जन्म खुदै भयो र त यहाँ भाषा सुधारी दिए ।

ज्ञाता धेर थिए ति शास्त्र तिरका बोल्थे छरी शिष्टता

चूँदी पुत्र उनै भएर छरियो पौराणिकी सभ्यता ।।

 

बोली, भेष, भुषा सुधार गतिलो यै देशका खातिर

नेपाली पनमा रचेर कविता राम्रो गरे आखिर ।

राम्रो काम गरेर नै सहज भो भाका भरी गाउन

उन्कै सार विना थिएन सजिलो नेपाल घन्काउन ।।

 

 

आफैँ मर्दछ व्यर्थ नास्तिक यहाँ, मर्दैन त्यो आस्तिक

मान्छे मर्छ कतै विनाश गतिले, मर्दैन है काव्यिक ।

आए भानु हिजो यही समरमा रामायणै हातमा

भाषा शुद्ध बनाउने रहर ली शास्त्रै थिए साथमा ।।

 

लेखे धेर कुरा अगाडि पथमा मोती भए सारथी

ल्याए लोकतिरै तिनै सबकुरा सब्ले गरे आरती ।

व्याख्या धेर गरे ति शास्त्रहरूमा शब्दार्थका भावले

नेपाली जनको उजागर भयो व्याकर्ण कै सारले ।।

 

रम्घा मण्डल नामको छ तनहूँ जिल्ला निकै सुन्दर

चूँदी कै त पवित्र ठाउँ हुन गो श्री भानु जीको घर ।

भाषा धर्म अझै ति संस्किृतिहरू धेरै सुझाई दिए

राम्रो ज्ञान बिना थिए जनहरू, सारा बुझाई दए ।।

 

छन्द: शार्दूल विक्रीडित

– गोर्खे साइँलो

गजलकटेरी, विशालर्माग, नारायण्गढ, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *