•भानुभक्तप्रति•

Spread the love
Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

,वाशुदेव पाण्डेय

लाग्छन् पूरकतुल्य मासु-नङ झैं वास्ना तथा फूलझैं
नेपाली कविमाझ आदिकवि हुन् छन् काव्यका मूलझैं।
भाषामा लय शिल्प भाव गहिरो राखी मिसाई मिठो
साँच्चै सुन्दर ‘काव्यभानु’ सरि नै झुल्क्यो चुँदेली ठिटो।।

बेग्लै शब्द मिठास, वाक् चतुरता, छन्दादिको ओजन
सच्चा वर्णन चातुरी, सरलता,भाषा बडो कञ्चन ।
सग्लो आशुकवित्व,चित्रण कला,माधुर्य सम्मिश्रण
अग्लो,भिन्न,विशिष्ट ठाउँ उनको बेग्लै छ आकर्षण ।।

 

नेपाली जन पुष्प उन्न बलियो धागो चुनेका थिए
भाषामा उनले सबै मुलुकको माला उनेका थिए ।
के हो काव्य मिठास लोकप्रियता शब्दादिको शासन
गर्दै लेखन पूर्ण लोकप्रिय भो साहित्यको आँगन ।।

नेपाली मुटुभित्र चित्र छ सफा या दिव्य आकार छ
तिम्रा सुन्दर काव्यभित्र रसिलो सम्पूर्ण संसार छ ।
नौलो सर्जक निम्ति सिक्न सजिलो उत्कृष्ट आधार छ
तिम्रा काव्य- बगानमा मधुरता, साहित्य भण्डार छ ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *