भानुभक्त प्रति . . . . .

Spread the love

Rita, Khatiwada, रिता खतिवडा, pallawa, पल्लव

रिता खतिवडा

घाँसीबाट लिएर ज्ञान तिनकै चेला बनेका तिमी
नेपाली जनमाझ आदिकबिले तिम्रो चिनारी हुने
जल्ले खोल्दछ नेत्र ज्ञानगुनले सोही हुने सज्जन
त्येल्ले नै अनुवाद गर्न सकियो आध्यात्म रामायण

जल्ले ज्ञान दियो त्येही गुरु भयो सानै भएता पनि
आफ्नो उर्व पढाइको जुन थियो त्यागी कुरा त्यो सुनी
बुद्दिज्ञान सुझाव राय दिनुमा चाहिन्न डिग्री कुनै
भित्री ज्ञान विवेकयुक्त छ भने जानिन्छ त्यो सामुमै

 

घाँसीसाथ थिएन अध्ययन क्यै के गर्न सक्थे र ती
काट्दै घाँस त्येतै कहीँ पशुहरु पाल्थे सकेका जति
त्येस्ताले पनि भानुभक्त कबिमा अर्ति दिएको हुँदा
हाम्रा यी कबिसाथ चर्चित भए घाँसी बनी सम्पदा

भाषा छन्द मीठो सँगै सरल भै बुझ्ने सबैले गरि
हाम्रा राष्ट्रिय धर्म संस्कृति बुझी गाथा रचे स्स्तरी
सोही काणले तिमी मुलुकमा गन्ती भयै राष्ट्रमा
सयाैँ वर्ष बिते लियैा अमरता साहित्य आकाशमा

तिम्रो ज्ञान विचार सीप सब ती छन् काब्यमा झल्मल
नेपाली मनमा सुगम्य कविताबग्छन् सधै सल्सल
तिम्रो मार्ग समाउने जन यहाँ छन् जो मनीषी मन
सम्झन्छन् सबले विशुद्द मनले भन्दै महाँसज्जन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *