भानुभक्त उवाच….

Spread the love
Ram, Chandra, Ghimire, रामचन्द्र घिमिरे , pallawa, पल्लव

रामचन्द्र घिमिरे

कवि कवित बनाई सम्झियौ जो मलाई।
व्यथित मन थियो है भानु नै भै उदाई।।
मन बिच जन छाडे राख्न भाषा र भेस।
कलह अति गरेरै छाड्दछन् जो स्वदेश।।

खलबल किन गर्छन् हुन्न भाषा नमानौं।
मुलुक भर चलेको के छ दङ्गा नजानौं।।
अबुझ सठ बसेका मातृ सम्मान गर्न।
सब जन अगुवामा सोध पर्दैन मर्न??

 

विचलित म भएको दैनिकै बात भन्छु।
गुरुजन पनि कस्ता जान्दछन् खात भन्छु।।
हरतरफ कुचेष्टा देख्छु बोल्छन् सहन्छु।
मुलुक जन बनेका भृत्य झैँ छन् कहन्छु।।

परजन हितकारी बन्नमा चाख लाग्ने।
निज मुलुक रुवाई अन्य छन् दाख ठान्ने।।
मनन किन गरेनन् ठालु छन् भ्रष्ट जान्ने।
उठ उठ मनुवा हो तोड है दुष्ट मान्ने।।

पर पर पर पार्दै लग्दछन् अन्य सारा।
स्मृति अलिकति मिल्दा दङ्ग पाएँ सहारा।।
मरण पद धरेको भानु बन्दै फुरुङ्ग
कविजन म छु भन्दै धन्य पार्यौ निकुञ्ज।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *