भानुभक्त

Spread the love

 

Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

मधुर सरस भाषा नित्य काव्यानुरक्त
सरल तरल बान्की व्यञ्जनामा सशक्त ।
विषयसुखविमोही साँच्चिकै रामभक्त
अनुपम छवि तिम्रो लाग्छ हे भानुभक्त ॥

सबल जग बसायौ काव्य आरम्भ गर्दै
सकल कृतिहरूमा चेतना दिव्य भर्दै ।
हुन नदिन कदाचित् एकता यो विभक्त
दृढ कदम बढायौ धन्य छौ भानुभक्त ॥

 

जति जति छ फुलेको काव्यको बाग तिम्रै
सृजन फरक होलान् झल्कने राग तिम्रै ।
मणिजडित सुनौलो छौ तिमी छानुजस्तै
भुवनभर उज्याला रापिला भानुजस्तै ॥

— गिरिराज जोशी
छन्द : मालिनी
रचना र प्रस्तुति मिति : २०७५.०३.२८

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *