गजल

Sabitri, Silwal , Sapkota, सावित्री सिलवाल (सापकोटा), pallawa,पल्लव

सावित्री सिलवाल (सापकोटा)

ठेकी भन्दा ठुलो त्यो, मदानीको के काम ?
थोरै लज्जा नभएको, जवानीको के काम ?

सम्पती कमाएर मात्र, हुदैन हजुर रमाउनुपर्छ ।
बाचुन्जेल नरमाएको, जिन्दगानीको के काम ?

भेटिएर छुट्नु भन्दा नभेटेकै जाति हुन्थ्यो बरु ।
बियोगान्त कथाको त्यो, निशानीको के काम ?

 

स्वर्ण अक्षरमा नाम लेखाउँ, चान्छन् जो कोही ।
नलेखिएको त्यो अधुरो, कहानीको के काम ?

निस्वार्थ होस् सेवा तब, गुणगाउन मजा हुन्छ ।
स्वार्थ लिप्त भै गरिएको, सह्रानीको के काम ?

कामगर्न गाह्रोले लेप घसी, जोगी बन्छ कोही ।
घर नै पोलेर लगाएको, खरानीको के काम ?

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.