देवकोटाको अवसरबाद कथाभित्र . . . . .

Spread the love
Chhabi, Kirn, Oli, Dang, छविकिरण ओली, pallawa, पल्लव

छविकिरण ओली

१: कथाकारको परिचय
कथाकार कमलमणि देबकोटा नेपाली साहिका असल यात्री हुन । उनको जन्म बि,सं २०१८ साल असार २ गते पिता स्व, मयानिधि उपाध्याय माता कृष्णादेबी उपाध्याय को कोख बाट पुत्ररत्नको रुपमा सल्यान शिवरथ ८ ब्राह्मण टोलमा भएको हो । समाजशास्त्रमा एम ए हेल्थ एजुकेसनमा बि एड गरेका देबकोटा साहित्यिक यात्रामा छन्द कबिता, गीत, लोकगीत, हास्यब्यङ्गे र उपन्यासका साथै कथाकारका रुपमा देखापरेका छन् ।

 


कथाकार देबकोटा आफु मात्र न भै अरु धेरै साहित्यिक मनहरु संग हातेमालो गरेर हिड्न रुचाउछन । अग्रज दौतरी र अनुज साहित्यकारहरू संग रम्ने रमाउने उनको स्वभाव रहेको छ । विभिन्न साहित्यिक संघ संस्था रेडियो प्रतिको सक्रियता उनको थप पहिचान हो भने अग्रज दौतरी रअनुज प्रतिको माया र सम्मान अर्को बिशेषता हो ।
जीबिकोपारजनकालागि निजामति सेवामा रहि साहित्यिक यात्रामा लागीपर्नु उनको आफ्नै महानता हो । उनका प्रकाशित कृतिमा (१) गोरु जात्रा (गाई जात्रे एल्बम २०५९) (२)बोको ब्यायो (गाई जात्रे एल्बम सहप्रकासन २०६१) (३)पन्चामृत मुक्तक संग्रह ( सहलेखन २०६२) (४) चाँदनी उपन्यस (२०६३) (५) स्यानीमाँलै लोकगीत (एल्बम २०६४) (६) खिचडि (बिबिध संग्रह २०७२) प्रकाशित भै सकेका छन । अन्य साहित्यि एबं साङ्गीतिक कृतिहरुका समीक्षा तथा आलेखहरु विभिन्न पत्र पत्रीकाहरुमा प्रकाशित भै सकेका छन । यो अवसरबाद कथा संग्रह उनको पछिल्लो कृति हो।
(२) कृति परिचय
पार्वता शर्मा द्वारा प्रकाशित अवसरबद कथा संग्रह २०७३ कथाकारको लघु कथा संग्रह हो । यसमा पृ १ देखि पृ ५७ सम्ममा जम्मा ५५अोटा लघु कथा संग्रहित छन्। अग्र १२पृष्टमा शुभकामना मन्तब्य ,मन्तब्य र प्रकाशकिय रहेको छ। बाँकी २पृष्टमा बिषय शुचि रहेको छ । सुन्दर आबरणमा सजिएको यो कृति कृतिकारलाई चिनाउन सक्षम छ।
(३) अबसरबाद भित्र
कथयिता द्वारा भनिएका घटना परिघटना र पात्रको प्रस्तुतीका आधारमा आख्यान लाई उपन्यास लामोकथ कथ र लघुकथाका रुपमा लिन सकिन्छ। लघुकथा तिब्र प्रभावदिने आख्यान हो । यसलाई पोस्टकार्ड फिक्सन पनि भनेको पाईन्छ । यश लघुकथा संग्रह भित्र प्रत्यक कथाका पात्र तिनको चरित्र परिबेश जीवनदृष्टि भिन्ने छन्। काथामा मानबको मनबिय स्थिति गति र सामाजिक यथार्थता लाई सरल शैलिमा प्रस्तुत गरियका छन्। समयका स्वर र सामाजिक यथार्थको मीठो न मीठो ब्याङ्गे र शिक्षालाई सरल शैलिमा प्रस्तुत गर्नु कथाकारको विशेष शिल्पकला हो।
प्रस्तुत अवसरबाद कथा नेपाली राजनैतिक कर्मिहरुको चरित्र प्रतिको सूक्ष्म तर तीखो ब्यङगे हो भन्द अतिसयोक्ति न होला । यहाँ देश र जनताको लागि राजनिती न गरि आफु आफन्त र पार्टीका लागि राजनिती गर्छन। सोझा सिधा जनता आस्वासनमा बाँच्छन । अवसरबादीको हालीमुहाली हुन्छ र त कथाकारले कथाका माध्यम बाट यस्तो उदगार ब्यक्तगर्छन।
” जीतबहादुर संसदिय चुनावमा लागीपरछ। उसका नेताले चुनाव जितेर मन्त्री पनि बन्छन। उ पूर्ब आस्वासन अनुसार आफ्नो कामको लागि मन्त्रीलाई भेटन जान्छ र ढोके लाई नाम लिस्ट दिन्छ । लामो समयसम्म पर्खिबस्दा पालो न पाएकोले पुन:अनुरोध गर्छ । भित्रबाट मन्त्री ब्यस्त भएकोले भेट गर्न समय न मिल्ने खवर आउछ। उसले त्यो ढोकेलाई निकै नियालेर हेर्छ। अनि उ दङ्ग पर्छ । किनकी त्यो ढोकेत गएको संसदिय चुनावमा तिनै मन्त्री महोदयलाई हराउन अन्तरघात गर्दै हिडेको ब्यक्ति पो रहेछ “।
सेतो कपडा सारै मर्मिक कथा छ। कथाकारले यसमा बिम्बित गरेका भावना सामाजिक यथार्थ चित्रण हुन । बाँचुन्जेलको तिरस्कार मरे
पछिको लोकाचार । धनि गरिब जस्तोसुकै परिवारमा बृद्ध बृद्धा खान लाउन न पाएर बृद्धाश्रम र सडकका पेटिमा देख्न सकिन्छ।
सन्ततिहरुमा कुनैप्रकारको चासो र चिन्ता हुँदैन । मृतुपछि सेतो कपडा पहिरेर असोच बार्नु लोक बुझाउनु हो । यश कथामा कथाकारको
आसयभाव हेरौ।
“तीर्थप्रसाद आमासंग झगडा गरेर छुट्टै बस्न थालेको हुन्छ । असि बर्षिया बिधुवा बृद्ध आमा सहारा बिना बाँच्न बाध्य छन। उचित
सेवासत्कार पाउनको साटो तिरस्कार खेपिरहेकिछिन। बिरामि अवस्थामा पनि भेट गर्दैनन्। तर आमाकोमृत्यु पछि भने सेतो कपडा लगाएर बरखि बसेको देख्नेले छोराको देखावटि धर्म र कर्तब्य प्रति अोठ लेब्र्याउदै कटाक्ष गर्छन।””
पागल गुर कथामा दुर्बेसनी सुरेश र मानसिक सन्तुलन गुमाएको पागल बिचबाटोम जम्काभेट हुदाको सम्बादले सुरेशको आत्मा सुद्धि हुन्छ र उसले पागललाई गुरु मान्छ। यो कथा पढ्दा सरल भए पनि भावपक्ष गहिरोछ। बहिनी रेखा कथा दर्बेसनि गरिब र आधुनिक्ता प्रतिको कटाक्ष हो । आफ्नो बिरानो कथामा लाहुरे ले मानव भै मानबिय चरित्र लाई बिर्सिदा छोरोलाई गुमाएर पस्चताप गर्नुपर्छ। यश कथाले मानव भै मानबिय गुण भुल्न हुदैन भन्ने सनदेश दिएको छ ।
आदर्श कथामा हतिभक्त हाकिम धार्मिक एबं समय पालक छन । साँझ बिहान पुजाआराधना गर्छन। फुर्सदको समयमा अरुलाई उपदेश
दिन्छन । उनी अरुकालागि आदर्शबादी कहलिन्छन । उपदेश दिने क्रममा अरुलाई नठग्ने अरुको हानिनोक्सानी न गर्ने गरिब निसाहाएलाई सहयोग गर्ने समाज सेवा गर्ने र परिश्रमको कमाई खाने भनेर उपदेश दिन्छन। तर आफूले बसभाडा न तिरेकोमा गर्व गर्छन। उनको खोक्रो आदर्समा सबै जिल्ल पर्छन । यश कथाको सार भाव सच्चाआदर्श लाई शब्दमा मात्र न राखि ब्यबाहारिक हुनु पर्छ भन्ने हो ।
निष्कर्षः
सरल सुबोध सुललित र मनोरम शब्द शैलिका धनि कमलमणि देवकोटा को अवसरबाद कृतिका बारेमा संक्षपमा भन्नुपर्दा कृति भित्रका विभिन्न शिर्षकका विभिन्न कथा र बिषय बस्तु सरल तर भावपूर्ण लालित्ययुक्त छन। यो छोटो समीक्षा आलेखमा केही कथा बाहेक सबै कथालाई समेटन सकिएन । भब्य र सभ्यसमारोह लुटाई चोखो प्रेम कथा तिनसय शब्द भन्दा साना आकारका भएकाले मुक्तक जस्तै छन । अरु संग्रहित कथा सामाजिक परिबेशका यथार्थ चित्रण छन । धार्मिक साँस्कृतिक संस्कार मा आधारित भै शिक्षाप्रद र पठनिय छन। आशा गरौ कृतिकार बाट अरु उत्कृष्ट कथा संग्रह लगाएत अन्य साहित्यिक सिर्जना पढी हामी पाठक लाभान्मित हुने नै छौ। अन्तमा कथाकारको लेखनी दौडिरहोस र कल्पनाशक्ति फराकिलो बन्दै जावस यहि शुभकामना  ।।

छबिकिरण वली दाङ
२०७५/३/२६

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *