नारायण गोदारे का केही मिक्स रचनाहरू

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

गजल
औंशी न पूर्णिमा तिमीलाई कुन धाम लैजाऊँ म ?
मायाँ त लाग्छनै तिमीलाई कुन काम लैजाऊँ म ?

ए! हाम्रो धर्म र संस्कृतिमा किन आयो विक्रिति ?
पर्व न एकादशी तिमीलाई कुन साम लैजाऊँ म ?

परा पूर्व कालदेखि आयो चलन सवै भङ्ग भयो
पितृ न तर्पण तिमीलाई कुन याम लैजाऊँ म ?

 

अहोरात्र किन कच कच घुमन पाइन भन्ने हँ ?
साईत न वार तिमीलाई कुन गाम लैजाऊँ म ?

सवै हेर विचार अब संयोग नै हो पर्दै पर्दैन
हाट न बजार तिमीलाई कुन ठाम लैजाऊँ म ?

औंशी न पूर्णिमा तिमीलाई कुन धाम लैजाऊँ म ?
मायाँ त लाग्छनै तिमीलाई कुन काम लैजाऊँ म ?..
#
गीति कविता !
म मेरै मुटुसंग भिख मागि रहेकोछु।
खास हो फोक्सोसंग आत्ति रहेकोछु।

हो म वाँचन कालेश्वर हात जोडदछु।
अब दुवै किटनीसंग विष मागि रहेकोछु।

अन्य रोगहरु सहायक कर्तामा आएको।
हो म उनिहरुसंग जित मागि रहेकोछु।

अन्त्य त सवैको एक दिन हुन्छ नै।
तर म पैंसठी वर्षसम्म जागि रहेकोछु।

संयम आहार विहारमै जीवन वित्यो।
तसर्थ निष्ठुरी दैवसंग लागि रहेकोछु।

प्रणम्यछ सवैलाई हिम्मत नहारौं है!
ख्याल होइन जीवन हित मागि रहेकोछु।..
#
गीति कविता !
तिमी रिसाई रहे पनि मायाँ लाग्ने।
आहै खुशाई रहे पनि मायाँ लाग्ने।

कस्तो जादूको पुडिया मानिस हो।
बन्दा बन्दी रहे पनि मायाँ लाग्ने।

जता जाऊ उतै लौ हेरि रहनु पर्ने।
वोल्दीन भनि रहे पनि मायाँ लाग्ने।

संसारको रित अनौठो नैछ हजुर!
कटाक्ष्यमै रहे पनि मायाँ लाग्ने।

कस्तो हो जीव प्राणी जोडी पारी?
पर नै हो रहे पनि मायाँ लाग्ने?

तिमी रिसाई रहे पनि मायाँ लाग्ने।
आहै खुशाई रहे पनि मायाँ लाग्ने।.
#
गजल
मन परेकिलाई वोलाउन सकिन?
हो धन चरीलाई मोलाउन सकिन?

ए! मेरो उड्यो मन उनकै पछाडि।
प्रिय लेखेकिलाई झोलाउन सकिन?

गुलाव फुल्यो फक्रेर आज भोली।
लहै भमरोलाई जोहलाउन सकिन?

अब हार गुहार मागौं है को सित?
कुरो उर्वशीलाई खोलाउन सकिन?

जपें उनको नाम सरोवरि वरिपरी।
फूल झरीलाई मोहलाऊन सकिन?

मन परेकिलाई वोलाउन सकिन?
हो धन चरीलाई मोलाउन सकिन?..
#
कस्तै विपदामा राज ऋषी आतिंदैनन्।
हेर सुखदामा ऋषी पत्नी पातिदैनन्।

यहि रित दुनियाँमा परंपरा चलिआयो।
मोहका वशमा आहा त्यागी जाकिंदैनन्।

परस्त्री मोहमा य्राल कोही नचुह्वाऊनु।
धीर ललित हुन कोही पास मातिंदैनन्।

भन्ने कथनछ उहिले बुढा पाकाहरुको।
मनन योग्य कुरामा कोही भसिदैनन्।

संसार व्यवहार चलि आएका यिनै हुन्।
एवं ऋतले अहो समाज रित मासिंदैनन्।

कस्तै विपदामा राज ऋषी आतिंदैनन्।
हेर सुखदामा ऋषी पत्नी पातिदैनन्।..
#
भानु उदय भयो।
मोति सुदय भयो।

हेर विचार अब।
भर्र मुदय भयो।

यस पास सवै।
लहै खुदय भयो।

लौ जव रात बढो।
सव सुतय भयो।

ओ उठ प्यारी लहै!
पूर्व उदय भयो।

कति सुतछौ अब?
ज्योति सुदय भयो।..
#
कहिले भक्ति थापे।
अहिले शक्ति भाके।

कस कसलाई भन्ने?
जहिले रक्ति थापे।

निरंकुशको यहाँ।
पहिले जगति थापे।

त्यही नै रुप चल्यो।
अहिले मगति थापे।

सुन्ने कसले कहाँ?
इखले ठक्ति थापे।

कहिले भक्ति थापे।
अहिले शक्ति भाके।..
सुसमय ।।

म l त्रगण !
मृत्यु कुण्डवाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.