नयाँ सिर्जनाले जुरुक्कै उचालौं’

Spread the love
Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

छ स्वार्थीपना बन्छ यो देश कैले?
यहाँ युद्ध मात्रै चलेको छ जैल्यै
गरी भागबन्डा बसे खान स्याल
सधैं देशमा नै चुहाएर र्‍याल।

अरे ! देश बिर्ता कसैको हुँदैन
लुछेको लुछ्यै छौ सिनो -साग हैन
लडे वीर पुर्खा दिई ज्यान आफ्नो
बनायौ कठै ! देशभित्रै बिरानाे ।

 

यहाँ धेर बाढी र पैह्रो गएर
सधैँको छ सन्त्रास -पीडा अपार
बढे खूब खोला र नाला हजार
घरैभित्र पानी पसी भो जँघार

न छन् साँघु ,खोला कसोरी तरौंला ?
कुलो छैन खेती कसोरी गरौंला ?
कतै पालमा रात काटीरहेछन्
नपाई सिटामोल मान्छे मर्‍याछन् ।

छ यो राज्य अन्धो नदेख्ने भएको
अझै देश ओझेल भित्रै परेको ।
लडाकू अनेकौं यहाँ घाइते छन्
रुँदै छन् बडो पीर मानेर झन् झन् ।

छ यो देशमा नै अभावै अभाव
छ रैतीहरूमा दबाबै दबाब
बढे घूस खाने फटाहा र जाली
बलात्कारमा पर्दछन् रोज चेली ।

यहीं जन्मियाैं अन्त्य हाम्रो यहीं छ
सिंगाराैं धरा यै सुकर्तव्य बन्छ
सबै स्वार्थ त्यागौँ , सही कर्म थालाैं
नयाँ ‘सिर्जना’ले जुरुक्कै उचालौँ ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *