मेरो कथा

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना, pallawa, पल्लव

चन्द्रिका बिरही बेदना

जिन्दगी मेरो सदैव यहाँ पौडिन्छ आसुमा
कसरी रोपू मायाको फूल यो मेरो मुटुमा
बल्झेर मेरो मुटुको घाउ पोल्दछ भत्भती
रहर थियो मलाई पनि गास्न यो पिरती ।।१।।

महल छैन झुपडी भित्र छु बास बसेकी
मकैको रोटी गुन्द्रुक ढिडो खाएर हुर्केकी
समपत्ति छैन म धनी हैन दुखिकी छोरी हु
धनले चाहि गरिब परे मनकी धनी छु ।।२।।

 

खाएर झुटा कसम मैले सम्बन्ध जोड्दिन
गएमा ज्यानै जाओस्न बरु कसम तोड्दिन
गरेर पूरा फर्किन्छु मैले हिडेको गन्तव्य
गर्दिन घात कहिल्यै पनि अंगाली असत्य ।।३।।

असत्य सामु टेकेर घुडा म झुक्न जान्दिन
झारेर झुटा आसुका थोपा रुन म जान्दिन
अरुको खुशी लुट्नेको सधैं बिरोध गर्दछु
लिएर पीडा दिएर खुशी म हाँसो छर्दछु।।४।।

सबैले देख्छन् आँखाको आँसु बर्बरी झरेको
कसैले पनि देख्दैन हेर हृदय जलेको
मान्छेले भन्दा मलाई हेर भाग्यले छलेको
खुशीले भन्दा कष्टले मेरो जीवन चलेको।।५।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.