गजल

Spread the love
Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

जायौ मिठो वाँसुरी धुन सुनेर आउँदैछु
सुगन्ध छर्ने बैजन्ति माला उनेर आउँदैछु

पाउको चाल राखेर ख्याल लुकेर सुटुक्क
खोलेर पाउजु सुस्तरी ढोका थुनेर आउँदैछु

शिशिर रात तुषारो पर्ला सिरेटो बिझाउला
प्रेमको धागो जोडेर मफ्लर बुनेर आउँदै छु

 

अबको दिन आधार बिना जिउन कठिन छ
मनको धनि तिमीछौ भनी चुनेर आउँदैछु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *