महोत्सव

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

आज आनन्दको वृष्टिमा दृष्टि छ
तृप्तिको दीप्तिमा चम्किँदो सृष्टि छ ।
छन् हिलोमा फुलेका हली, सुन्दरी
वाह रे ! क्या मजाको असारे झरी ।।

धोइए वृक्षका पात – हाँगाहरू
वेगमा ओर्लिए शैल छाँगाहरू ।
फुक्न थाले सबै खुम्चिएका मन
अग्लिए व्योम – पातालमा वामन ।।

 

तीव्र सन्ताप नै तापमा देखियो
शुष्कतामा रसास्वाद पो लेखियो।
स्वर्गका सूत्र झैं नीर धारा झरे
आज आकाशमा नाट्यलीला छ रे ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.