बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

म सिङ्गो दिलै यो गलाएर आएँ
चिनारी थिए जो जलाएर आएँ

यहाँ जे छ आफ्नो खुशी साथ बस्ने
सदिच्छा सबैमा चलाएर आएँ

कहानी बनेको परानी छ हाम्रो
दिलै भित्र आशा पलाएर आएँ

 

यहाँ जो छ आस्था बनेको छ कालो
निभेको दियो नै जलाएर आएँ

टुटे स्वप्न सारा भए दूर नाता
बनी फूलबारी फलाएर आएँ ।

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्रः फऊलुन् × ४ (।ऽऽ × ४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.