छरिङ र्शेपा अवरिल का जोर गजल

Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

गजल- १,
अध्यारो भो सपनाको घाम डुब्नै लाग्यो साथी
रहर धेरै थियो आज मुस्कान डुब्नै लाग्यो साथी

नियातिको तुफानआयो खुशीखोसीलग्यो मेरो
पुस्तौ पुस्ता सम्महालेको शान डुब्नै लाग्यो साथी

आप्नै नयनको हेराइबाट घरको चोटा छेक्यो मेरो
लालाबाला खेल्ने घरको आगान डुब्नै लाग्यो साथी

 

सप्ताकोशी संग हर्ेदा हर्ेर्दै सबै सपनाहरु बग्यो मेरो
तस्वीर झुण्डीएको घरको दलिन डुब्नै लाग्यो साथी

चहानाका अनेक रंगमा घोलिएकाआश सबै लग्यो मेरो
अनुहारको मुस्कान संगै मलिन डुब्नै लाग्यो साथी ।

जिन्दगीकाबाकी धेरै रहर डुब्नै लाग्यो साथी ।
मेरो सुन्दर बस्ती अनिशहर डुब्नैलाग्यो साथी ।

गजल- २,
साँझ ढले पछि थाहाभयो यो माया भन्ने यस्तै रहेछ
जुल बले पछि थाहाभयो यो माया भन्ने यस्तै रहेछ

सपनाका कुरा गर्ने अनि मनमा पिरातीका रंग भर्थे
मन गले पछि थाहा भयो यो माया भन्ने यस्तै रहेछ

प्राकृतिक छटाहरुमा हराउदै मन भरी खुशी सधै र्छर्थे
मन जले पछि थाहाभयो यो माया भन्ने यस्तै रहेछ

ठिकै रहेछ, सबैले बलेको आगो ताप्छन भन्ने कुरा
तनथले पछि थाहाभयो यो माया भन्ने यस्तै रहेछ

हुदा सबै अगि पछि नहुदा त आपनो छाया मात्रै पो
सबैले छले पछि थाहा भयो यो माया भन्ने यस्तै रहेछ

हालः काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.