गजल

Spread the love
Dineshraj, Subedi, Dinglali, Kanchho,  दिनेशराज सुवेदी ‘दिंमालीकान्छो’, pallawa, पल्लव

दिनेशराज सुवेदी ‘दिंमालीकान्छो’

पहिले अपरिचितले कुट्छ जीवनमा
त्यसैगरी परिचितले लुट्छ जीवनमा

धेरै प्रयासपछि सफलता पाउनै लाग्दा
पूरा हुन नपांउदै शृङ्खला टुट्छ जीवनमा

सबैको उस्तै नै हो कि जिन्दगीको कहानी ?
मेरो चैं भाग्य बारबार फुट्छ जीवनमा

 

अपरिचित संगै परिचितको साथमा
यात्रा गर्ने मौका चैं धेरै जुट्छ जीवनमा

जिन्दगी नसकिने यात्रा नै यात्रा रहेछ
गर्नै पर्ने यौटा यात्रा चैं छुट्छ जीवनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *