छाती चिरेझै भयो

Spread the love
Prativa, Devi, Neupane, प्रतिभादेवी न्याैपाने, pallawa, पल्लव

प्रतिभादेवी न्याैपाने

ए आमा म तओर्लिए तल झरे पक्का बिदेशी बने
हाम्रा खेत गरा पसेर भलले जम्मै लग्यो रे भने
केभो हाल ढलेछ रे त झुपडी पैर्हो पस्यो के गरी
त्यो बेहाल सुनेर नै मन उड्यो भैयो मरेको सरी॥०१

हुर्कायौ टुहुरो म छैन घरमा बस्छ्यौ कता के गरी
मेरो थाक थलो बनाउन झरे साथै दिदैनन झरी
जम्मै गाउ चिरा चिरा परि खस्यो भन्ने सुने के भयो
मेरो स्वच्छ कमाइ नै लगिदियो छाती चिरेझै भयो॥०२

 

भैसी गोठझरेर रे सुजनको लैनो पुर्यो रे तल
बाख्रा खोर पुरेछ रे भल पसी ख़स्ता करेसा भल
दोटा भाइ सगै बसेर नुनिलो धारा बगायौ अनि
हे मेरी जननी सुने खवर भो आधा मरे मै पनि॥०३

बैरागी परदेश गो भनि कनै आएछ मन्दाकिनी
पापी दैव छिरेछ आज झुपडी चन्डाल बन्ला भनि
छोरो रुन्छ भनेर हो? खवर जो जम्मै लुकायौ तर
भित्रै छैन खुशी छिन्यो मुटु न शा फर्किन्छु आमा घर॥०४

पैसा हैन रहेछ यो मनखुशी पार्ने कुरा सारमा
तिम्रो यो टुहुरो हली बन भनी लेखेछ निधारमा
कस्तो पंख जहाज़ कै गति दिने जोड़ूँ रआऊँ तरी
के बेच ल्लि भयो न बास अब भो भा छौमरेको सरी॥०५
२.७५/०३/१६

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *