गजल

Spread the love
Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

पहिरो आए फूलबारीमा मालीहरू जोगिन गाह्रो
हलो ठोक्किए पत्थरमा फालीहरू जोगिन गाह्रो ।।

किसानहरु ठगिन पुगे उचित मूल्य नपाएकाले
चरा मुसाको चौकिदारीमा बालीहरू जोगिन गाह्रो ।।

आकाशमा कालो बादल मडारिँदै झरि पर्यो
बाढी पस्दा सिरान बाट आलीहरू जोगिन गाह्रो ।।

 

माफियाको छुट्टै सँसार योजना बन्ने रातारात
कानूनलाई सुधार गरिए जालीहरू जोगिन गाह्रो ।।

ससुराली जान लाई डराउँछ माइलो छोरो
भिनाजु मोरा दोषी भए सालीहरू जोगिन गाह्रो ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *