प्रेम बुढाथोकी का केही मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

असारको महिना भन्छ्न न झरी छ पानी।
गरीब किसानले अब कठै के गरी हो खानी।।
समयमा खेती भइन घरमा छैन खाने अन्न्न।
सरकार अब हामी मर्ने भयौ कहाँ हो जानी।

हिजो देखि रिमझिम गरी पानी पर्दै छ रे।
हरियालीले चारैतिर खुशीयाली भर्दै छ रे॥
सबैले आ-आफ्ना खतमा काम गर्दै होलन।
यहि सम्झेर परदेशीले कठै बर…गर्दै छ रे ।।

 

जति जति भुलु भन्यो उति आद आउने।
सधैभरी यि आँखामा उनकै तस्बिर छाउने।।
पल…पल हरेक पल उनिलाई नै सम्झिएर।
एकान्तमा एक्लै..बसि बिरही गीत गाउने।

मलाई शंका छ भमरा फूलबाट सर्यो कसरी।
हर्दा हेर्दै सुन्दर फूल डालीबाट झर्यो कसरी॥
म बिस्वास गरू भने पनि बुझ्नै गाह्रो भा छ।
हृदयको पंक्षी आज पिजडामा पर्यो कसरी॥

थोरै दाम अनि,नाम कमाउन पाए।
सधै..भरी तिम्रै,हात समाउन पाए॥
यति भए पुग्छ अरु केहि चाहिदैन।
तिमी सँगै माया गरी रमाउन पाए॥

उड्दै गरेका चरा खस्ने घाम छ।
उफ्फ.धेरै..दु:ख बस्ने काम छ।।
मिलाउन नसकिने हिसाब भयो।
धेरै..खर्च हातमा थोरै दाम छ।।

साच्चै गुरु त यस्तो हुनु पर्छ।
सबैको मन यसरी छुनु पर्छ।।
बिदाईको बेलामा कठै..बरी।
हात समाएर तान्दै रुनु पर्छ।

– प्रेम बुढाथोकी
तुलसीपुर उपमहानगर पालिका-११, उरहरी दाङ्
हाल:-प्रबासबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.