दाङको विषय अब अन्त्य अन्त्य तिर

Shreedhar, Paudel, श्रीधर पाैडेल, pallawa, पल्लव

श्रीधर पाैडेल

केही बर्ष गरें सेवा भएरै राष्ट्रसेवक
बाटो निर्माणमा कैयौं कुल्लीसाथ रही सब
स्यौला वन्कस ओच्छ्याई जे दिन्छन् खाई सुत्दथ्यौ
ढुङ्गा खोलेर पट्काई ठूलो बाटो बनाउंथ्यौं

हुन्थ्यो रकम सर्कारी , जनको सहभागिता
गाऊंका जनको वैरो लाग्थ्यो बाटो बनाउंदा
सीमा अर्जुन खोला भो महेन्द्र राजमार्गको
मुसोटसम्मको बाटो बढ्थ्यो खन्दै छिटो छिटो

 

चौपट्टासम्मका घुम्ती काट्दै पट्काउंदै बम
हामीले त्यसरी बाटो बनायौं तीन बर्षमा
मैदानीस्थलमा गाह्रो साह्रोकेही हुँदैन थ्यो
पहाडी मार्गमा पर्ने ढुङ्गा फोड्दा भगाउंथ्यो

अमिल्ले -तुलसीपूर बाटो निर्माणमा त्यति
वनको बास संकष्ट भोग्नु त्यस्तो परेन कि !
यसको जति दूरी छ त्यत्तिकै पूर्बको रह्यो
कस्तो मुसोट -चौपट्टा ! संझिन्छु अहिले अहो!

दाङ्का यी मार्गमा मेरोभिजेको पसिना रगत्
सुकेको छैन, कोट्याई हेरे देखिन्छ घाउ खत्
त्यसैले पनि यो दाङ्को गरि सक्दैन वर्णन
त्यस्मा झन् जन्मभूमि यो हुँदा रुन्छ अझै मन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.