साधना भण्डारीका केही मुक्तकहरूः !!

Sadhana, Bhandari, साधना भण्डारी, pallawa , पल्लव

साधना भण्डारी

साथी भाइ भेट्दा हाँसो हो जिन्दगी
बाबा आमाको लागी नासो हो जिन्दगी
हो मिलन र बिछोडको एउटा नाटक
कहिले खुला कहिले पासो हो जिन्दगी !!

चराहरूको चिरबिर सँगै हुन्छ बिहानी यो
सजायकी छु हजुरको प्रेमिल निशानी यो
अब फर्क प्रिय तिमी बिर्स अतितहरू,
किन भिजाउँदै छौ? रातमा शिरानी यो !!

 

तिम्रो मेरो माया अमर रहने गरी साँच्नुपर्छ
दुखमा पनि पल पल सम्झेर खुसीले हाँस्नुपर्छ
भेट्ने बाचा गर तिमी यो दुनियाँमा नभए पनि
अर्को दुनियाँमा चोखो मायाको माला गाँस्नुपर्छ !!

के मागु ईश्वर सँग सबै पाइसके पछि,
मेरो जीवनमा हजुर आफैँ आइसके पछि,
बाचा कसम गरेकै थिए हजुर सित मैले
मेरो सिउँदोमा हजुरले रङ्गार्इसके पछी !!

हरेक निराश मनमा एक झिनो मात हुन्छ
त्यही झिनो आसाभित्र बिश्वास घात हुन्छ ।
किन गर्छन् यहाँ यस्ता खेलहरू जीवनसँग ?
त्यही खेलहरू भित्र नै नराम्रो घत हुन्छ !!

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.