कृषक

Spread the love
Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

माटोकै अर्सा माटोकै रोटी माटोकै कसार
हिलोको हलुवा लिएर पुवा आइपुग्यो असार
मगमग चल्यो हिलोको बास्ना बेसरी तान्यो मन
हिलैमा टल्क्यो जीवनको छायाँ जीवित मानवपन

हरियो बीऊ रोपेर असार गाउँदैछ मङ्गलगान
यी रित्ता गरा भई हराभरा झुल्नेँछन बाला धान
रोपेर मुठी मुरीका मुरी भित्र्याउने धोको छ
किसानी तिम्रा पसिना धारा परिश्रम चोखो छ

 

न तीर्थ जानु न मेला जात्रा न कतै घुमघाम
छ भने काम छ त्यही एउटै रोपाइँ गर्ने काम
असारे मौका छोपेर आज बीऊ काढी रोप्नेले
भकारी भर्छ हिलोमा ऐले हातगोडा चोप्नेले

कृषक तिमी खट्यौ र बाँच्छन सुकिलामुकिला
दुःखले उक्लिरहेछौ तिमी जीवनका खुट्किला
छन् ठूलाबडा सेमीनार भोज र दर्शन भेटमा
पसिना काढ्दै सुस्केरा हाल्दैछौ तिमी खेतमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *